लालबाबु सिंह १३ श्रावण बिरगंज ।
लायन्स क्लब अफ बिरगंज द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटिका अध्यक्ष देवन्ती साहको नेतृत्वमा एरिया चिफ सुनिल गुप्ता ,जोन चेयर पर्सन तथा चार्टर प्रेसिडेन्ट सुशिला साह,एरिया सेक्रेटरी सलामा खातुन,LCB का अध्यक्ष गोबिन्दा प्रसाद कानु ,LCB SUPREME का अध्यक्ष पीयूष दारुका ,LIO CLUB OF BIRAGUNJ का सदस्यहरु रामपुकार यादव, सुशील कुश्वाहा, TRESUER झलक कुमार साह, VICE PRESIDENT LCB SUPREME बिक्की दारुका ,NAVADEEP का सदस्य मेघा कुमारी कलवार, ले १ बोरा ४ झोला कपडाहरु वीरगन्ज कपडा बैंकको कार्यालयमा पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी ,सदस्य निला कुमारी राम र कार्यालय सहयोगी मिथलेश श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा का अध्यक्ष देवन्ती साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय ,आगलागी बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र उहाहरुको कार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा सर्कलको साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै लायन्स क्लबले महिलाहरुको हित सशक्तीकरणको साथै समाजका दिन दुखी असहायहरुको लागि विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको र यहाँ आएर कपडा बैंक मार्फत कपडा सहयोग गर्नुभएकोमा सम्पुर्णलाइ स्वागत एवं धन्यवाद प्रकट गर्नु भयो ।


