वीरगञ्ज, साउन १३। वीरगञ्जका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा वीरगञ्जस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम तथा लायन्स क्लब अफ वीरगञ्ज प्रिन्टोप्याकको संयुक्त आयोजनामा पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।
सामाजिक उत्तरदायित्व तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा वरपरका क्षेत्रमा रहेको फोहोर संकलन गरी वातावरण सफा र स्वच्छ बनाएका थिए।
कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ 'एस' अन्तर्गत एरिया नं. ३ का एरिया चिफ लायन सुनिल कुमार गुप्ताले धार्मिक स्थलहरूको संरक्षण, स्वच्छता र वातावरणीय सचेतना अभिवृद्धि गर्न यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सार्वजनिक स्थलहरूको सरसफाइमा सबै नागरिकले सामूहिक जिम्मेवारीका साथ सहभागी हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा प्रसाद कानु, सेन्ट्रल सिटीकी अध्यक्ष लायन देवन्ती साह, सुप्रिमका अध्यक्ष लायन पीयूष दारूका, उपाध्यक्ष लायन विक्की दारूका, सदस्य लायन केशव अग्रवाल, लियो क्लब अफ वीरगञ्जका अध्यक्ष लियो राज रौनियार लगायत अन्य क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियोे।


