Birgunj News24
कञ्चनजङ्घा इङ्ग्लिस स्कूलमा शिक्षक दिवस २०८३ भव्य रूपमा मनाइयो ।

लालबाबु सिंह १३ श्रावण बिरगंज ।
कञ्चनजङ्घा इङ्ग्लिस स्कूलले  कक्षा १० का विद्यार्थीहरुको आयोजनामा शिक्षक दिवस २०८३ विशेष कार्यक्रम गरी हर्षोउल्लास को साथ मनाइएको छ। 

विद्यालय परिसरमा "Happy Teacher's Day Celebration 2083 कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई माया, सम्मान र कृतज्ञता व्यक्त गरेका थिए। 

सो अवसरमा शिक्षणहरु प्रती विद्यार्थीहरुले "A good teacher inspires hope, ignites imagination, and instills a love of learning"अर्थात् "एक असल शिक्षकले आशा जगाउँछन्, कल्पनालाई प्रज्वलित गर्छन् र सिक्ने कला प्रेम सिकाउँछन्"भन्ने भनाइ राखिएको थियो। साथै "Thank you for guiding us, inspiring us and believing in us" भन्दै शिक्षकहरुप्रति हार्दिक आभार धन्यवाद ज्ञापन गरिएको थियो।

कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षता एवं समाजिक अभियन्ता कमल चौगाइको प्रमुख आतिथ्यमा सम्प कार्यक्रममा बिशिस्ट अतिथिहरु नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युवराज खडका, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , नेत्रहीन क्रीकेट संघ मधेश प्रदेशका अध्यक्ष महेश साह ,सुमार्ग बिन्दु आमा फाउन्डेसनका अध्यक्ष प्रतिभा कोइराला ,सन्चारकर्मीहरु युवराज केसरी ,प्रणय कुमार,जाकिर हुसेन ,अभिलाष गुप्ता लगायत को  सहभागितामा भव्य रुपले सम्पन्न भएको हो ।
कक्षा १० का विद्यार्थीहरुले आयोजना गरेको यो कार्यक्रममा शिक्षकहरुको योगदान, मेहनत र मार्गदर्शनको चर्चा गर्दै विद्यार्थीहरुले विभिन्न प्रस्तुति समेतअ दिएका थिए।

विद्यालयले हरेक वर्षगुरु पुर्णिमाको अवसरमा शिक्षक दिवस मनाउँदै आएको र यसले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध अझ प्रगाढ हुनुका साथै सिक्ने सिकाउने प्रकृयालाई थप मजबुत बनाउन मद्दत पुगेको विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update