Birgunj News24
आँप बगैंचामा लुकाएर राखिएको १४० किलो गाँजा प्रहरीले बरामद गर्‍यो।

पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैँचाबाट १४० किलो गाँजा बरामद भएको छ। शनिबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र मिर्जापुरस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी०को संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो।

प्रहरीले बगैँचामा खानतलासी गर्दा घाँसभित्र लुकाएर राखिएको १३ पोकामा रहेको १४० किलो गाँजा फेला पारेको जनाएको छ।

घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ। गाँजा कसले लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update