वीरगञ्ज, ९ श्रावण ।
सनातन हिन्दू मोर्चाले वीरगञ्ज महानगरपालिकास्तरीय २१ सदस्यीय समिति गठन गरेको छ। वीरगञ्जस्थित रानीसती मन्दिरमा आयोजित हिन्दूवादी युवाहरूको भेलाले आनन्द गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा विश्वास साह र आशिष महतो, महामन्त्रीमा सुमेश्वर साह, मन्त्रीमा दीपक साह, कोषाध्यक्षमा राजु साह तेली तथा प्रवक्तामा पृथ्वी सर्राफ चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा सागर साह, सुमित श्रीवास्तव, मोहन वर्णवाल, निरञ्जन कुशवाहा, विशाल महतो, आदर्श गुप्ता, राजु साह कानु, कमलेश पटेल, बिचित सिंह, किशन साह, सुरज सर्राफ, जितेन्द्र साह, मनु कुमार कानु, गुड्डु वर्णवाल र सुमित प्रजापति रहेका छन्।
कार्यक्रममा मोर्चाले आफ्नो मूल नारा ‘नेपालीहरूको सम्मान, राष्ट्रको पहिचान’लाई आत्मसात गर्दै धार्मिक तथा सामाजिक गतिविधिमार्फत नेपाली समाजलाई एकताबद्ध बनाउने, हिमाल–पहाड–तराई–मधेसलाई समेट्ने साझा परिवार निर्माण गर्ने तथा राष्ट्र, सनातन धर्म र समृद्धिप्रति पूर्ण समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै उद्देश्य मिल्ने अभियान, संस्था तथा समूहसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना पनि सार्वजनिक गरिएको छ।
पर्सा जिल्ला अध्यक्ष हनुमान दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोर्चाका केन्द्रीय संयोजक सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष सुभाष शाही, कोषाध्यक्ष अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, महामन्त्री प्रमोद शर्मा तथा प्रवक्ता मुना साह तेलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


