Birgunj News24
६७ औ त्रिवि दिवसको अवसरमा सान्सदद्वय द्वारा बीरगञ्जको नृसिङ क्याम्पसमा अनुगमन एवं अन्तर्क्रीया कार्यक्रम ।

साउन ६ । मार्टिन मोक्तान
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रि.वि. दिवस) को अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा सदस्यहरूले वीरगञ्ज ४ बिर्तास्थित वीरगञ्ज नर्सिङ क्याम्पस को अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। 
कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतानले करिब पाँच दशकभन्दा लामो इतिहास बोकेको यस नर्सिङ क्याम्पसले आजसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु अत्यन्त दुःखद विषय भएको धारणा व्यक्त गर्नुभयो ! नर्सिङ शिक्षा उत्पादनमा ऐतिहासिक योगदान पुर्‍याएको संस्थाले आवश्यक पूर्वाधार र अस्पतालको अभावमा अपेक्षित रूपमा विकास गर्न नसकेको भन्दै उहाँले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानु तथा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया ले नर्सिङ क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो !
उहाँहरूले क्याम्पसको पूर्वाधार सुधार, आवश्यक बजेट व्यवस्थापन तथा शिक्षण अस्पताल निर्माणको विषयलाई सम्बन्धित निकायसम्म सशक्त रूपमा पुर्‍याउने आश्वासन दिनुभयो !
अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका विभिन्न भवन तथा शैक्षिक संरचनाको स्थलगत अवलोकन गर्नुभएको थियो !

अवलोकनका क्रममा उहाँहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको दयनीय अवस्थाप्रति खेद व्यक्त गर्दै यसको संरक्षण र विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गरी आवश्यक आर्थिक तथा नीतिगत सहयोग जुटाउन पहल गर्ने  प्रतिबद्धता पुन: ब्यक्त गरेका थिए ।
 
सो अवसरमा क्याम्पस प्रमुख कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवनहरू जिर्ण बन्दै गएको, मर्मतसम्भार र भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट नहुँदा शैक्षिक वातावरणसमेत प्रभावित हुँदै गएको जानकारी दिनुभयो। उहाँले ऐतिहासिक महत्त्व बोकेको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण र आवश्यक संरचना निर्माणमा सरकारको विशेष प्राथमिकता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षाविद एवं सामाजिक अभियन्ता मार्टिन मोक्तान,वीरगञ्ज युवा समाजका अमित गुप्ता, सञ्चारकर्मी मुकेश सिंह लगायत क्याम्पसका पदाधिकारी , शिक्षक, कर्मचारी एवं  सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update