Birgunj News24
पर्सा–नेपाल–भारत संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (Simulation Exercise)  सम्पन्न भएको छ ।


वीरगञ्ज, असार २९ – नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले पर्सामा संयुक्त विपद् व्यवस्थापन कृत्रिम अभ्यास (Simulation Exercise) सम्पन्न गरिएको छ।
आइतबार पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित छटघाट तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त रूपमा अभ्यास सञ्चालन गरेका हुन्।
अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर केसी तथा एसएसबी ४७ बटालियन, जी कम्पनी, सिसुवाका सहायक कमाण्डेन्ट संगम सिंह रावतको नेतृत्वमा संयुक्त टोली सहभागी भएको थियो।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update