वीरगञ्ज, असार २८ — वीरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ जना सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ।
क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिष्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डेले लायन्स क्लब मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सदस्यहरूलाई आग्रह गरे। उनले नयाँ सदस्यहरूको उत्साह, सक्रियता र समर्पणले क्लबलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सदस्यहरूबीच परिचय आदानप्रदानका साथै आगामी कार्ययोजना, सेवामूलक अभियान र संस्थागत विकासका विषयमा छलफल भएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।कार्यक्रममा डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमिल्सिना, प्रथम उपाध्यक्ष लायन उत्तम कुशवाहा, द्वितीय उपाध्यक्ष लायन रञ्जु हाडा, तृतीय उपाध्यक्ष लायन नितेश यादव, सचिव लायन नेहा अग्रवाल, कोषाध्यक्ष लायन सुष्मा मण्डललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै चार्टर अध्यक्ष लायन सुशीला साहले सबै अतिथि तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै लायन्स क्लबमार्फत समाजहितमा निरन्तर सेवामूलक गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। उन


