वीरगञ्ज, असार २७ — श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आगामी असार ३२ गतेदेखि श्रावण २ गतेसम्म वीरगञ्जमा चौथो विशाल गहवा माई रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।
समितिका अनुसार असार ३२ गते बिहान ७:३० बजे श्री गहवा माई मन्दिर प्राङ्गणबाट विधिवत् पूजा–अर्चनापछि रथयात्रा सुरु हुनेछ। रथयात्राको विशेष आकर्षणका रूपमा हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था गरिएको छ।
त्यसै दिन साँझ ५ बजेदेखि भव्य भजन सन्ध्या आयोजना गरिनेछ। यस्तै श्रावण २ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि विशाल महाप्रसाद भण्डारा सञ्चालन गरिने समितिले जनाएको छ।
समितिले रथयात्रामा लाखौं भक्तजन सहभागी हुने अपेक्षा


