पत्रकारलाई गाली गरेको भिडियोप्रति पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण।
वीरगञ्ज । आफूलाई कमेडियन बताउने आदर्श मिश्रले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा पत्रकारप्रति अपमानजनक र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको विषयमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले कानूनी राज्यमा प्रेस स्वतन्त्रता र पत्रकारको मर्यादामाथि प्रहार गर्ने यस्ता गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानूनी कारबाहीको माग गरेको छ।
यस सम्बन्धमा महासंघले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसमक्ष निवेदन बुझाउँदै आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३ २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


