Birgunj News24
पर्साको  ईटियाही स्वास्थ्य चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा।

वीरगंज महानगरपालिका वडा नम्बर २३ स्थित ईटियाही टोलमा  निर्माण भइरहेको स्वास्थ्य चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

बुधबार भवनको छत ढलान कार्य सम्पन्न भएसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवको पहल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशको बजेट मार्फत भवन निर्माण गरिएको उपाध्यक्ष यादवले जानकारी दिए । 

भवन निर्माण सम्पन्न भएपछि स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहजता आउने तथा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने  उपाध्यक्ष यादवले बताए।

छत ढलान कार्यअघि उपाध्यक्ष यादवले पूजा–अर्चना गरी ढलान कार्यको शुभारम्भ गरेका थिए। कार्यक्रममा नेकपा एमालेका नेता अमल यादव, वडा सदस्य तथा एमाले इकाइ कमिटी अध्यक्ष लालबाबु यादव, युवा नेता मनोज यादवलगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

स्वास्थ्य चौकी भवन निर्माणका लागि १५ लाख रुपैयाँ खर्च भएको उपाध्यक्ष यादवले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update