Birgunj News24
सगरमाथा स्कुल, मुर्ली–१२, वीरगञ्जमा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न।

वीरगञ्ज ०९ असार

विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले सगरमाथा स्कुल, मुर्ली–१२, वीरगञ्ज मा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रम नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष तथा सगरमाथा स्कुलका संस्थापक जियालाल गुप्ता ज्यूको सभापतित्व तथा कौशल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका हेड ब्वाय, हेड गर्ल, विभिन्न हाउसका क्याप्टेन तथा उप–क्याप्टेनहरू, साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरूलाई नेतृत्व र जिम्मेवारीको प्रतीकस्वरूप ब्याच, टाई तथा ब्यानर वितरण गरिएको थियो। उक्त सामग्री सभापति, प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूद्वारा वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापतित्व जियालालले नेतृत्व भनेको पद मात्र नभई जिम्मेवारी, अनुशासन, सेवा र समर्पणको प्रतीक भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न प्रेरित गर्नुभयो। उहाँहरूले आजका विद्यार्थीहरू नै भोलिका सक्षम नागरिक तथा राष्ट्रनिर्माता भएकाले नेतृत्व, आत्मविश्वास र नैतिक मूल्यको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा हरिन्द्र कुशवाहा, नरेश कुर्मी, सुरेश साह, नरेश रौनियार तथा गौतम श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै पत्रकारहरू राजेन्द्र सिंह राजपूत, जगत राई,अभिलाष गुप्ता तथा दीपु बरनवाल को समेत सहभागिता रहेको थियो।

विद्यालयका सञ्जीव यादव ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सम्मानित भएका विद्यार्थीहरूले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्दै विद्यालयको गौरव बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथींलें भनेका थिए “आज प्रदान गरिएको ब्याच केवल एउटा चिन्ह होइन, यो जिम्मेवारी, अनुशासन, सेवा र नेतृत्वको यात्राको सुरुवात हो” भन्ने प्रेरणादायी सन्देश दिँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update