Birgunj News24
मधेश प्रदेश सरकारको ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता।

कुल बजेट मध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ (३५.५४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ (६४.३५ प्रतिशत) विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यस्तै संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

यस्तै, चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ उपयोग गरिनेछ भने १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने सरकारको योजना छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष समपूरक अनुदान गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा उल्लेख गरिएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले विकास निर्माणलाई तीव्रता दिँदै उत्पादनमूलक क्षेत्रलाई मजबुत बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update