पर्सामा १०० किलोग्राम गाँजा बरामद, मालिकको खोजी जारी।
पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोक क्षेत्रबाट प्रहरीले करिब एक सय किलोग्राम गाँजा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाइ राखिएको अवस्थामा पाँच बोरामा रहेको गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बरामद गाँजालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार गाँजा कसले लुकाएर राखेको हो भन्ने विषय अझै खुल्न नसकेको र संलग्न व्यक्तिको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३ २०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


