लालबाबु सिंह २३ जेष्ठ बिरगंज । विश्व दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले बिरगंज ४ मा स्थित गणेशमान सिंहको शालिक एवं परिसर आसपास सरसफाइ एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा आयोजक प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम अनुसार वातावरण, वोट विरुवा , जीव प्राणी तथा पशु-पंक्षी सित माया प्रेम तथा संरक्षण र प्रवर्धन हेतु प्रत्येक वर्ष झैँ शनीबार विश्व वातावरण दिवसको अवसरको साताब्यापी कार्यक्रम अन्तर्गत आज गणेशमान चोकमा स्थित शालिक एवं परिसर आसपास सरसफाई, साथै त्यहाँ रहेका वोट, विरुवालाई काट छाँट गरी व्यवस्थित गर्ने कार्यको साथ ५ थान वृक्षारोपण सम्पन्न गरियो। हिजो शुक्रबार विश्व वातावरण दिवसको उपलक्ष्यमा देश कै पुरातन ऐतिहासिक धार्मिक स्थल भिस्वा डाडा प्राङ्गणमा वृहत वृक्षारोपण गरिएको बताउदै वातावरण स्वस्थ्य रहे हामी स्वस्थ्य एवं सुरक्षित रहने भएकोले हामी सम्पुर्णले आआफ्नो वरिपरि आसपासमा रहेको रुख बोटविरुवा ,नदि नाला, पोखरा ,सार्वजनिक स्थलहरु लाई सफा स्वच्छ राखेर सम्मान प्रकट गर्न संरक्षण गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा समाजसेवीहरु भगवान श्रेष्ठ , हुकुम सिंह राजपुत,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्यहरु केदार गुप्ता,राहुल सिंह ,रिम खबर नेपालका संचालक आकाश पटेल लगायतको सहभागिता रहेको थियो ।


