Birgunj News24
शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्सा द्वारा SEE का विद्यार्थीहरुको सम्मान ।

लालबाबु सिंह २३ जेष्ठ बिरगंज ।शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्सा द्वारा SEE परिक्षा २०८२ मा बिरगंज महानगरका सामुदायिक बिधालयका सर्बोत्कृष्ट हुने बिद्यार्थीहरु लाइ सम्मान कार्यक्रम सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ । बिरगंज  महानगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये प्रत्येक विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने २२ जना छात्र–छात्रालाई सम्मान गरिएको हो।
बिरगंज मुर्ली बगैँचा स्थित बिरगंज पब्लिक कलेजको सभाहलमा शनिबार सुन्दर कार्यक्रम गरि सम्मान गरेको हो ।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता एवं बिरगंज महानगर शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनालका धर्मपत्नी इदिरा देबि खनाल,कान्छी छोरी ममता खनाल ,ज्वाइँ शैलेश  रेग्मी ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद  चौधरी,वरिष्ठ उपाध्यक्ष सुशिला साह,सचीव अशोक संग्रौला,लायन्स क्लबका डिष्ट्रीक गभर्नर राम बिहारी पाण्डे,प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक सरदार जसपाल सिंह ,सचिव अबिनाश झा, समाजसेवी भगवान श्रेष्ठ ,मानवसेवा आश्रमका देवेश गुप्ता,नेपाल पौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिर,  सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझी,आर्य समाज पर्साका अध्यक्ष रितेश गुप्ता, ज्ञानदा एकेडेमी का प्राधानाध्यापक राजेन्द्र कोइराला , नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं कन्या स्कुलका प्र अ अनिता साह, भोजपुरी कवि प्रीया मिश्रा,प्रतिष्ठानक्का उपाध्यक्ष युवराज खडका,कोषाध्यक्ष बिना खतिवडा ,सहसचिव अजित भुजेल,सदस्यहरु नवराज भट्टराई ,अभिलाष गुप्ता लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। 
 कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले शिक्षा नै देश विकासको मेरुदण्ड र विद्यार्थीहरु भविस्यका कर्णधार हुने भएको र बिरगंजलाई शैक्षिक हब बनाउन  सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ जोश जागर आशा जगाएको बताउदै उनिहरुको सम्मान महानगरले गर्नुपर्नेमा यस प्रतिष्ठानले गरेकोमा आफू निकै खुशी भएको र अर्को वर्ष देखि विद्यार्थी भाइबहिनीहरुको सम्मान महानगरले गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
 विद्यार्थीहरूलाई आज पाएको सम्मानलाई प्रेरणाको रूपमा लिएर आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै महानगरले अहिले छात्रवृत्तिको लागि परिक्षाको आयोजना गरेकोमा तपाईं सम्पुर्णले त्यसमा भाग लिन आग्रह गरे ।
उनले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रम आयोजन गर्ने प्रतिष्ठान परिवार प्रती आभार ब्यक्क्त गर्दै विद्यार्थी भाइबहिनिहरुको उज्ज्वल भबिस्यको शुभकामना ब्यक्त गरे ।
 कार्यक्रममा सम्मानित विद्यार्थीहरू  लाई प्रमुख अतिथी ,अध्यक्ष ,बिशिस्ट अतिथिहरुले अबिरको टीका खादा लगाई जनही नगद रु. १ हजार ५ सय र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा निशा पटेल,किरण कुमारी साह,सादिया खातुन, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, मोहम्मद उमर फारुक,साहिल मियाँ, समिर कुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, अनिसा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विध्या कुमारी, अञ्जली कुमारी,पूजा कुमारी पटेल, सुरज कुमार, राजकरण ठाकुर लोहार,सन्दर्भ माली लगायत रहेका छन्।
कार्यक्रमका संयोजक प्रभु रौनियारले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको सो कार्यक्रममा सल्लाहकार प्रकाश उपाध्यायले प्रतिष्ठान बारे प्रकाश पारेका थिए भने सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update