लालबाबु सिंह १३ जेष्ठ वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले सनलाईट स्कुलमा साईबर अपराध सम्बन्धमा जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रहरी सामुदायिक साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा सामुदायिक प्रहरी कुम्हालटोलले बिरगंज १९ नगवामा स्थित सनलाईट स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई साईबर अपराध सम्बन्धी सचेत गराउदै कार्यक्रम सम्पन्न गरेको हो ।
सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मार्टिन मोक्तानको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका सहायक प्रहरी निरीक्षक राम बिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बिशिस्ट अतिथिहरु स्कुलका कोर्डिनेटर रंगराजन चौरसिया, रवि चौरसिया,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सामुदायिक प्रहरीका उपाध्यक्ष सन्जु दहाल, सल्लाहकार सुशील बर्णवाल, प्रहरी जवान हरु रेणु राय यादव र सुरज सिंह लगायत स्कुलका शिक्षकहरु र कक्षा १० का छात्रछात्राहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी एवं प्रशिक्षक सप्रनी यादवले साईबर अपराध के हो बताउदै यसले शारीरिक एवं मानसिक को साथै आर्थिक सामाजिक रुपले मानिसहरुलाइ ठग्ने , मानसिक प्रताडना दिने, ब्लैकमेल गर्ने र आत्महत्या सम्म गराउने भएकोले समयमै यसबाट आफू सचेत रहन साथै घरपरिवार ,छरछिमेकीहरु लाइ पनि सचेत गराउन विद्यार्थी भाइबहिनीहरु संग आग्रह गरेका थिए ।
यादवले वृतचित्रको सहयोगले विभिन्न फोटो एवं सन्देशमुलक नाराहरु प्रदर्शित गरि साईबर अपराध एवं यस्को कानुनी सजाय बारे वृहत् रुपमा सझाउनुको साथै विद्यार्थी भाइबहिनिहरुको विभिन्न जिज्ञासा् प्रश्नहरुको समुचित उत्तर दिदै सन्तुष्ट बनाएका थिए ।
सो अवसरमा सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार एवं आजको कार्यक्रमका अध्यक्ष मोक्तानले साईबर अपराधले हामिलाइ फकाएर लोभ लालच दिएर लत लगाएर आफ्नो जालो भित्र पारेर हाम्रो बुद्धि लाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू र सबैलाइ बचाउन सबैले प्रयास गर्नु पर्नेमा जोड दिदै वडा प्रहरी कार्यालय बिर्ता,प्रशिक्षक सप्रनी यादव , अतिथिहरु एवं स्कुल परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
स्कुलका कोर्डिनेटर चौरसियाले वडा प्रहरी कार्यालय बिर्ता का सप्रनी यादवलाई हाम्रो स्कुलमा आएर अध्ययनरत विद्यार्थी भाइबहिनीहरु लाई साईबर अपराध जस्तो खतरनाक मानसिक सामाजिक समस्या प्रती जागरुकता फैलाउनु भएकोमा हार्दिक आभार प्रकट गरेका थिए ।
सो सचेतनामुलक कार्यक्रममा साईबर अपराध सम्बन्धमा राखिएको संक्षिप्त प्रतियोगितामा स्कुलका ११ जना विद्यार्थीहरुले भाग लिदै आआफ्नो धारणा राखेका थिए जसमा कृष्ण कुश्वाहाले प्रथम भएका थिए ,उहालाइ प्रमुख अतिथि यादवले खादा लागायेर मायाको चिनो प्रदान गरि सम्मानित गरेका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य कुम्हालटोल सामुदायिक प्रहरिका सल्लाहकार एवं आजका कार्यक्रमका अध्यक्ष मोक्तानले गरेका थिए र सहजिकरण सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए भने स्कुलका सहकोर्डिनेटर शिक्षक रेडम बानियाले प्रमुख अतिथी लगायतलाइ खादा लगाइ मायको चिनो प्रदान गरि धन्यवाद ब्यक्त गरेका थिए ।


