वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कूलको आयोजनामा शनिबार एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
Birgunj Community Eye Center तथा Tilganga Eye Hospital को प्राविधिक सहयोगमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गरिएको थियो।
शिविरमा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चौधरीया ले आँखा परीक्षण गर्नुभएको थियो भने श्रीती चौधरी र ओमप्रकाश चौधरी ले सहजीकरण तथा सहयोग गर्नुभएको थियो।
कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा प्रदान गरिएको थियो। साथै चस्मा खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। मोतियाबिन्दुका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने जानकारी पनि दिइएको छ।
विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तव ले विद्यालय समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने तथा प्रारम्भिक अवस्थामै आँखा समस्याको पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।
विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


