Birgunj News24
वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण  ।

८ जेष्ठ वीरगन्ज ।  वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा प्रत्येक महिना झै शुक्रबार नियमित मासिक  नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ६ बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ६ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए । 
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता,अधिवक्ता प्रकाश उपाध्याय,सरदार जसपाल सिंह , नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल,नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, BPS+ 2 college का संचालक दिपक पटेल, युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, बिरगंज युवा समाज का अध्यक्ष सन्जिव थापा, घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ महेन्द्र कुमार चौधरी , सन्चारकर्मीहरु शम्भु महतो थारु, अजित भुजेल,सुरेन्द्र यादव, आकाश पटेल, बैंकका सदस्यहरु केदार गुप्ता,संजय मण्डल ,नवराज भट्टराई ,सन्जु साह , शिव श्रेष्ठ ,सुरज श्रीवास्तव,राहुल सिंह राजपुत, सञ्चारकर्मी आकाश पटेल ,कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागिता रहेका थिए ।
  सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
 सो अवसरमा BPS + 2 college का संचालक पटेलले कोहि नाङ्गो नरहोस भनी नया पुराना कपडाहरुको ब्यवस्थापन गरि बिरगंज कपडा बैंकले गर्दै आएको सुअभियान निकै सराहनीय रहेको र मलाइ पायक परेको समयमा यहाँ आएर सेवा गर्दा निकै खुशी लाग्ने गरेको बताउदै बैंकको सुकार्यमा आफ्नो कलेजको तर्फबाट स्पिकर माइक को सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
 अध्यक्ष सिंहले बैंकको अभियान एवं आजको कार्यक्रममा प्रत्यक्ष सेवा गर्दै हाम्रो अभियानमा स्पिकर माइक सहयोग गरि हौसला थपी दिने BPS + 2 क्लेजका संचालक आदरणीय दिपक पटेल ज्यु लगायत सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी पदाधिकारी सदस्यजन प्रती आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update