Birgunj News24
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज को नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज, ०५ जेष्ठ ।
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–९ स्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक प्रभु रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका उपसभापति मदन प्रसाद गुप्ताले विद्यार्थीहरुलाई चश्मा तथा औषधि वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब १४६ जना लाभान्वित भएका थिए। परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधि र चश्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा विद्यालयका प्रधानाध्यापक प्रभु रौनियारसहित सरस्वती सिंह, सन्तोष कुमार कर्ण, महन्थ प्रसाद यादव, गोबिन्द कुमार पटेल, खुश्बु कुमारी गुप्ता, अभिनास कुमार सिंह र शिवानी साहलगायतले नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखा परिवारलाई धन्यवाद ज्ञापन गर्दै कदरपत्र प्रदान गरेका थिए।
त्यसैगरी कार्यक्रममा संघका निवर्तमान सभापति सचिव सिताराम उपाध्याय, उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो। नेत्र सहायक अञ्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग गरेका थिए।
नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवका अनुसार यस्ता स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमले विद्यार्थी तथा समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update