Birgunj News24
वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम तेस्रो वर्षमा पनि  निरंतरता ।

लालबाबु सिंह २ जेष्ठ वीरगन्ज । वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत २ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि सेवा गर्दै आएको बिरगंज समाज सेवा ले आज ३ वर्षको २ स्रो महिना जेष्ठको १लो सप्ताहमा पनि सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । नियमित रुपले  सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री ,बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
 सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले " सेवा नै धर्म हो " को मुलमन्त्र लाइ आत्मसात गरि विगत २ वर्ष देखी प्रत्येक शनिबार करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवा दिदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु पनि खुशी हुने गर्व लाग्ने गरेको बताउदै तपाइहरु पनि जहाँ हुनुहुन्छ त्यही आपसी हातेमालो गरि दिनदुखी असहायको सेवा सहयोग गर्नुस भनी आग्रह गर्दै हाम्रो  अभियान लगातार तेस्रो वर्षमा प्रवेश गराउन सहयोग गर्ने सम्पुर्ण दाता,शुभेच्छुक , सल्लाहकार , पदाधिकारी सदस्यजन लगायत सहयोगी हातहरुलाइ हार्दिक आभार ब्यक्त गरेका थिए ।
सो अवसरमा सचिव प्रकाश वाहेतिले कोहि भुखानरोस भनी २ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै ३ स्रो सप्ताह देखि हामिले यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरु को उपचार स्थल भएको र यहा घर जस्तै खाना निशुल्क रुपमा निरन्तर भोजन खुवाएर सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै आजको निशुल्क भोजन कार्यक्रममा श्री सत्य साइ सेवा संगठन बिरगंज परिवारले चामल लगायत को खादान्न सामाग्री सहयोग गर्दै प्रत्यक्ष सेवा गर्नु भएकोमा उहाहरु लाई हार्दिक आभार ब्यक्त गर्नु भयो ।
 आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, कोभि आलुको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार ,हरियो काक्रो लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
  बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सप्पन्न  निशुल्क भोजन कार्यक्रममा श्री सत्य साइ सेवा संगठन बिरगंजका पदाधिकारी सेवकहरु, सामाजिक अभियन्ता लालबाबु सिंह ,समाजका सचिव प्रकाश बाहेती ,निशान्त  लाठ,कल्पना किङरिङ, मुकेश अग्रवाल,रामबाबु गुप्ता, बजरङ अग्रवाल,शंकर राइ,सांचे मगर ,रिम खबर नेपालका सन्चारकर्मी आकाश पटेल लगायतले सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  २२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update