Birgunj News24
अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे लाई पक्राउ गरेको छ ।

३० वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे लाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो । पक्राउपछि उनलाई काठमाडौं ल्याइएको छ ।

सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठ ले पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

काठमाडौंको रक्तकाली स्थायी ठेगाना भएका तथा हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update