Birgunj News24
एसएसपी होविन्द्र बोगटीले आपराधिक गतिविधि गर्ने विरुद्ध कठोर रूपमा कारबाही गर्ने चेतावनी।

एसएसपी होविन्द्र बोगटीले आपराधिक गतिविधि गर्ने विरुद्ध कठोर रूपमा कारबाही गर्ने चेतावनी

ललितपुर जिल्लाको कमाण्ड सम्हालिरहेका एसएसपी होविन्द्र बोगटीले जिल्लाको शान्ति–सुरक्षा मजबुत बनाउन र अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिएका छन्।

ललितपुर जिल्लाका नागरिकको सुरक्षामा कुनै पनि हालतमा सम्झौता नहुने कुरा प्रमुख प्राथमिकतामा राखेर एसएसपी बोगटीले मातहतका सुरक्षा निकायको मनोबल बढाउँदै आपराधिक गतिविधिलाई रोक्न कडाइका साथ  अगाडि बढिरहेका छन् ।

एसएसपी बोगटीको यो कदमले जनतालाई शान्तिपूर्ण वातावरणमा व्यवसाय चलाउन र दैनिक जीवन जिउन सुनिश्चित गर्दछ। साभार :- समाजिक सन्जाल बाट

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update