ठोरीमा बसबाट लागूऔषधसहित युवक पक्राउ।
वीरगञ्ज, २३ वैशाख । पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्।गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गरेको थियो। सो क्रममा बसमा सवार परियारले लगाएको पाइन्टको खल्तीमा लुकाइछिपाइ राखिएको ४७५ पिस लेबोरोट क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद लागूऔषधसहित परियारलाई नियन्त्रणमा लिई उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


