Birgunj News24
ओमानमाथि नेपालको शानदार जित, गुल्सनको ५ विकेट।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।
नेपालको जितमा गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। त्यसअघि ब्याटिङतर्फ शेख दाजुभाइ आसिफ र आरिफले महत्वपूर्ण योगदान दिएपछि नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।
यस सिरिजमा नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै ६ अंक जोड्न सफल भयो। २४ खेलबाट १८ अंक बनाएको नेपाल लिग–२ तालिकाको सातौं स्थानमा कायम छ।
नेपालले यसअघि यूएईलाई दुई खेलमा पराजित गरेको थियो भने ओमानसँग एक खेलमा १०२ रनले हारेको थियो। आजको जितसँगै नेपालले उक्त हारको बदला समेत लिएको छ।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–२ को अर्को शृंखला वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update