Birgunj News24
जनमत पार्टीले मधेस सरकारबाट फिर्ता लियाे समर्थन।

जनकपुरधाम, २२ वैशाख: जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन ॐफिर्ता लिएको छ। समर्थन फिर्ता सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।

प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो। पत्र ढिलो गरी प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने पछि सार्वजनिक गरिने उनले बताए।

मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य छन्। हाल सो पार्टी अर्थ मन्त्रालय सहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी रहेको छ। जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन्।

जनमतका प्रमुख सचेतक चन्दन सिंहले समर्थन फिर्ता लिएको पुष्टि गरेका छन्। तर संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।

केही सातादेखि समर्थन फिर्ताको चर्चा चलिरहेका बेला मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने सरकार परिवर्तन नहुने दाबी गर्दै आएका थिए।

यसअघि जनमत पार्टीले आफ्नो नेतृत्वको सरकार पनि ढालेको थियो।

जेनजी आन्दोलनको क्रममा फेसबुकमा पार्टीको निर्देशन अनुसार राजीनामाको घोषणा गरेका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले पछि राजीनामा नदिएपछि जनमतले आफ्नै नेतृत्वको सरकार ढालेर कांग्रेस को नेतृत्वको सरकारमा सहभागी भएको थियो।

यसैबीच, नेपाली कांग्रेस बाहेकका दलहरुबीच नयाँ सरकार गठनबारे प्रारम्भिक सहमति भएको स्रोतले जनाएको छ।

Share this:

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update