लालबाबु सिंह ११ चैत्र बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । क्लासिक बेन्केट हल बिरगंजमा शनिबार आयोजना भएको वृहत् रक्तदान कार्यक्रममा ७ महिला सहित १११ जनाले रक्तदान गरेका हुन ।
सो रक्तदान कार्यक्रममा बिन्दा कुमारी ,शान्ती मोक्तान ,दिपक कुमार सिंह,चन्दन कुमार पन्डित,निजामुदिन अन्सारी ,राजकुमार सहनी,शेख मजिद ,सुनिल कुमार चौधरी लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए ।
रास्वपा पर्साका अध्यक्ष एवं पर्सा १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त ( हरि पन्त ) को बिशेष आतिथ्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापती मुना खनाल,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,एलोकल नेपाल खबरका सन्चालक युवराज केसरी ,कार्यक्रम सन्योजक शिक्षाविद मार्टिन मोक्तान , रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल , सचिव सुदिस प्रजापती, बिरगंज महानगर अध्यक्ष अमन आलम ,सचिव गौतम श्रेष्ठ लगायत सन्चारकर्मी, अग्रज , महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा रास्वपाका सान्सद पन्तले बिरगंज आसपास रगतको कमि भएको खबर सुनेर छोटो समयमै रक्तदान कार्यक्रमको आयोजना विशुद्ध पुण्य एवं मानवीय ज्यान जोगाउने उद्देश्यले गरिएको बताउदै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन तर लिने को त जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका गर्दै रक्तदान कार्यक्रममा रक्तदान गर्नै आदरणीय रक्तदाता प्रती आभार ब्यक्त गरेका थिए ।
सो हि अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले वर्तमान समयमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान कार्यक्रमको आयोजना गरि मानवता बलियो बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा परिवारलाइ मुरि मुरि धन्यवाद दिदै आआफ्नो सरिरको अमुल्य अन्श रगत दान गरि कसैको जीवन जोगाउने रक्तदाताहरु नै देश समाजका असल नायकहरु हुन उहाहरुको जति प्रसंशा गरे पनि कम हुने भन्दै आभार अभिनन्दन प्रकट गरे ।
सो कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस एवं बिरगंज नर्सिङ क्याम्पस र हिमाल ईन्स्टिच्यु नर्सिङ कलेजका स्वयंसेवकको टोलिले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।


