Birgunj News24
हिसान पर्साद्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक, चार परीक्षा केन्द्र तोकियो।

वीरगञ्ज । हिसान पर्साले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। विद्यार्थीहरूलाई सहजता प्रदान गर्न चार वटा परीक्षा केन्द्र तोकिएको मिनी ल्याण्ड सेकेन्डरी स्कुल प्लस टु का प्रिन्सिपल तथा परीक्षा केन्द्राध्यक्ष सुरजबाबु पटेलले जानकारी दिएका छन्। उनले सबै विद्यार्थीलाई तोकिएको समयमा परीक्षा केन्द्रमा उपस्थित भई अनुशासित रूपमा परीक्षा दिन आग्रह गर्दै परीक्षा अवधिभर अनुशासन कायम राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

तालिका अनुसार विज्ञान, व्यवस्थापन, कानून र शिक्षा संकायका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै विषयगत परीक्षा सञ्चालन हुनेछ। वैशाख १७ गते भौतिकशास्त्र, अर्थशास्त्र, नागरिक तथा आपराधिक कानून र प्रमुख नेपाली विषयको परीक्षा हुनेछ भने १९ गते सबै संकायको नेपाली विषयको परीक्षा हुनेछ। २१ गते रसायनशास्त्र, लेखा, नेपाली कानुनी प्रणाली र प्रमुख स्वास्थ्य विषयको परीक्षा हुनेछ। २२ गते सबै संकायको अंग्रेजी परीक्षा हुनेछ। २३ गते विज्ञान संकायको जीवविज्ञान/कम्प्युटर, व्यवस्थापनको व्यवसाय अध्ययन/गणित/कम्प्युटर, कानूनको कानुनी ड्राफ्टिङ र शिक्षाको शिक्षा परिचय विषयको परीक्षा हुनेछ। २५ गते विज्ञान, व्यवस्थापन, कानून र शिक्षाका विभिन्न ऐच्छिक तथा सामाजिक अध्ययन विषयको परीक्षा हुने तालिकामा उल्लेख छ।

परीक्षा सञ्चालनका लागि सिद्धार्थ नेशनल, ग्लोबल बिजनेस कलेज, सनलाइट ESS, नेशनल इन्फोटेक, ब्राइट कलेज, पीस जोन एकेडेमी, अल्पाइन हाई स्कुल तथा मिनी ल्याण्ड सेकेन्डरी स्कुल प्लस टु लगायतका केन्द्रहरू तोकिएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update