स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकहरूलाई नागरिककै घरआँगनमा गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले प्रभु हस्पिटल विरगञ्जको सहकार्यमा “डाक्टरको घरदैलो” कार्यक्रमको सुरुवात ठोरी गाउँपालिका–१ भवाननगरबाट माननीय सांसद श्री टेकबहादुर शाक्यको कोमल हातबाट शुभारम्भ हुने भएकोले सम्पूर्ण सेवाग्राहीलाई जानकारी गराइन्छ । साथै, क्रमशः यो कार्यक्रम ठोरी गाउँपालिका अन्तर्गत इच्छानगर, सिकारीवास, चमरीहोल, तिनघरे, शरनटोल आदि स्थानहरूमा पनि सञ्चालन हुने जानकारी गरिन्छ । यो कार्यक्रम प्रत्येक हप्ता शनिबारको दिन फरक–फरक विशेषज्ञता प्राप्त चिकित्सकहरूले चेकजाँच, परामर्श सेवा र निःशुल्क औषधि प्रदान गर्नेछन् ।
यस हप्ताको विवरण:-
१. मिति: २०८३ वैशाख १८ गते (शनिबार)
२. समय: बिहान १० बजे
३. स्थान: ठोरी गाउँपालिका–१, भवानगर
४.शुभारम्भः माननीय सांसद टेकबहादुर शाक्यज्यूबाट
उपलब्ध हुने डाक्टरहरू:-
डा. प्रयास तिमल्सिना (MS) Orthopedic & trauma surgery प्रभु हस्पिटल वीरगञ्ज, कार्यरत डा. सुरुची श्रेष्ठ (MBBS) क्रिस्ट मेडिकल कलेज काठमाडौँमा कार्यरत
(नोट: असक्त/वृद्ध सेवाग्राहीको हकमा घरदैलोमै डाक्टर पुगी उपचारको व्यवस्था गरिनेछ ।)
आयोजक :- ठोरी नागरिक समाज ।
नागरिक समाज का अध्यक्ष अभियन्ता सन्तोष श्रेष्ठ र समाज सेवी धीर सिंह ले जान्कारी गराउनुउ भयो ।


