Birgunj News24
ससत्र प्रहरी बल नेपाल पर्सा द्वारा २२थान इलेक्ट्रिक स्कुटर नियन्त्रण मा ली जफत प्रकृया अगाडी बढाएको छ ।

वीरगञ्ज, पर्सा — सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल मूल्य करिब रु. १७ लाख ३० हजार रहेको प्रहरीले जनाएको छ।

मिति २०८३ साल वैशाख १० गते पर्सा जिल्लाका विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याइँदै गरेका ती स्कुटरहरू सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो। बरामद भएका स्कुटरमध्ये वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वडा नं. २५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनिभाठा नाकाबाट १ थान स्कुटर फेला परेको हो।

प्रहरीका अनुसार सुरक्षाकर्मीलाई देखेपछि स्कुटर छोडी सम्बन्धित व्यक्ति फरार भएका थिए। बरामद गरिएका सबै स्कुटरहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी स.प्र.ना.उ. मोहन राज निरौलाका अनुसार सीमा क्षेत्रमा अवैध सामान ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी तथा चेकजाँच कडाइ गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update