Birgunj News24
भारतबाट हुने माछाको अवैध आयात नियन्त्रण गर्न निर्देशन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पंगास माछाको आयात र बिक्री वितरणमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

कृषि र वन तथा वातावरण मन्त्री गीता चौधरीको नेपाली उत्पादनलाई प्राथमिकता दिने र खाद्य स्वच्छता कायम गर्ने निर्देशन बमोजिम विभागले यो कदम चालेको हो। 

विशेषगरी झापा, मोरङ र सुनसरीका विभिन्न नाकाहरूबाट अवैध रूपमा पंगास माछा भित्रिएर स्थानीय बजारमा खुला रूपमा बिक्री भइरहेको किसानहरूको गुनासो पछि विभागले निगरानी बढाएको छ। 

यसका लागि पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा र विराटनगरलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी स्थलगत अनुगमन गर्न र तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साभार :- लक्की खबर 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update