Birgunj News24
विवाह गर्न लागेका परिवारलाई ४ बोरा खाद्यान्न सहयोग।

पर्सा, जगरनाथपुर गाउँपालिका–५ मा यसै हप्ता विवाह गर्न लागेका एक विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। स्थानीयस्तरमा गरिएको पहलअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा समाजसेवी सन्तोष कुमारले उक्त परिवारलाई आवश्यक खाद्यान्न उपलब्ध गराएका हुन्।
सहयोगस्वरूप १ बोरा चिउरा, २ बोरा चामल, १ बोरा आलु तथा १ प्याकेट प्याज प्रदान गरिएको बताइएको छ। साथै, उक्त सामग्री पसलबाट परिवारको घरसम्म पुर्‍याउने व्यवस्था पनि पहलकर्ताहरूले नै मिलाएका थिए।
विवाहजस्तो महत्वपूर्ण अवसरमा आर्थिक अभाव झेलिरहेका परिवारलाई यस सहयोगले ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन्। सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै पहलकर्ताले आगामी दिनमा पनि यस्तै मानवीय कार्यमा साथ र सहयोगको अपेक्षा गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update