विपन्न परिवारलाई विवाहका लागि खाद्यान्न सहयोग।
पर्सा । जगरनाथपुर गाउँपालिका–६ मा एक अति विपन्न परिवारलाई विवाहका अवसरमा खाद्यान्न सामग्री सहयोग गरिएको छ।
समाजसेवी तथा स्थानीय व्यक्तित्वकी श्रीमती सुभावती देवीले मानवीय सहयोगस्वरूप २ बोरा चिउरा र १५ लिटर रिफाइन तेल प्रदान गर्नुभएको हो। उहाँले यसै हप्ता विवाह हुन लागेको परिवारलाई केही सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभएको छ।
सहयोगकर्ता पक्षले समाजसेवामा आफू र आफ्ना परिवार दुवैको समान भूमिका रहने बताउँदै यस्ता कार्यले सामाजिक एकता र आपसी सहयोगको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उक्त अवसरमा दाम्पत्य जीवन सुखद, सफल र उज्ज्वल होस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३ १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


