वीरगञ्ज, वैशाख १ । श्री बौद्धि माई मन्दिर प्रांगणमा देखिँदै आएको पानी अभावको समस्या समाधान गर्न डिप बोरिङ सञ्चालनमा ल्याइएको छ।
मन्दिरमा दैनिक पूजा–पाठ, धार्मिक गतिविधि तथा पुजारीलाई आवश्यक पानीको अभाव भइरहेकाले उक्त समस्या समाधानका लागि “श्री बौद्धि माई बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पिपरा–१४” को पहलमा २ इन्चको डिप बोरिङ जडान गरी नयाँ वर्षको पहिलो दिनबाट सञ्चालनमा ल्याइएको हो।
डिप बोरिङ सञ्चालनसँगै अब मन्दिर परिसरमा पानीको समस्या हट्ने विश्वास लिइएको छ।
उक्त कार्यक्रममा समितिका अध्यक्ष रामजी पटेल, उपाध्यक्ष रमेश पटेल, सचिव दीपेन्द्र साह, सदस्य सन्दीप पटेल (बुलेट), समितिका सल्लाहकार अनिल पटेल तथा पुजारी क्षेत्री बाबा त्रिलोकी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष रामजी पटेलले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए।


