Birgunj News24
अम्पायरविरुद्ध टिप्पणी महँगो पर्‍यो, करण केसी कारबाहीमा।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसी माथि अनुशासनात्मक कारबाही गरेको छ।
अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति खेल भावना विपरीत भएको निष्कर्ष निकाल्दै क्यानले केसीलाई कारबाही गरेको हो।
क्यानका प्रवक्ता छुम्बी लामा का अनुसार केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत एक खेलका लागि प्रतिबन्ध लगाइएको छ। साथै, उनलाई सो खेलको १०० प्रतिशत म्याच शुल्क पनि जरिवाना गरिएको छ।
प्रधानमन्त्री कप जारी रहँदै गर्दा नेपाल पुलिस क्लब का खेलाडी केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो।
क्यानले उक्त निर्णय सरोकारवाला पक्षहरूसँग समन्वय गरी गरिएको जनाएको छ। जारी प्रेस विज्ञप्तिमा खेलाडीहरूले खेल भावना तथा आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिँदै यस्ता गतिविधि दोहोरिन नदिन चेतावनी समेत दिइएको छ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update