Birgunj News24
पर्सा  जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा एशियन गेम्समा सहभागी हुन लाग्नुभएका वीरगञ्ज तेक्वान्दो डोजाङका खेलाडी अफ्ताब आलमलाई नगदसहित सम्मान गरिएको छ।

चैत्र २७, वीरगञ्ज – पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा एशियन गेम्समा सहभागी हुन लाग्नुभएका वीरगञ्ज तेक्वान्दो डोजाङका खेलाडी अफ्ताब आलमलाई नगदसहित सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ, सल्लाहकार निशान्त लामिछाने, तथा सदस्यहरू राजु शाह तुराहा, रोशनी श्रेष्ठ र एमडी मन्सुर मियालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी वीरगञ्ज तेक्वान्दो डोजाङका प्रमुख महमद साकिल, अन्तर्राष्ट्रिय खेलाडी महमद वेश तथा राष्ट्रिय खेलाडीहरू मुनी लाल यादव, इमरान शेख र सन्तोष कुमार रौनियारको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यसमितिले एशियन गेम्समा सहभागिता जनाउन लाग्नुभएका खेलाडी अफ्ताब आलमलाई नगदसहित सम्मान गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update