काठमाडौं । सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त कदम चालिएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
यी सबै राजदूतहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए। सरकारको पछिल्लो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत कुल १७ देशमा नेपाली कूटनीतिक नियोग नेतृत्वविहीन बनेका छन्।
यस निर्णयलाई सरकारको कूटनीतिक पुनर्संरचना र नयाँ नियुक्तिको तयारीको रूपमा हेरिएको छ।


