Birgunj News24
७ महिनामा वीरगञ्ज नाकाबाट करिब ५ सय विद्युतीय गाडी आयात।

काठमाडाैं — पर्सा जिल्ला स्थित वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो सात महिनामा करिब ५ सय विद्युतीय गाडी आयात भएको छ। भन्सार कार्यालयका अनुसार, यो अवधिमा ४ सय ९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भई एक अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यमा कारोबार भएको छ। यसबाट कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको समान अवधिसँग तुलना गर्दा, गत वर्ष ७ महिनामा १ सय ६५ वटा गाडी आयात भएको र ४३ करोड एक लाख रुपैयाँ मूल्यको कारोबार भएको थियो। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले यस वर्षको आयात गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको बताए। त्यस्तै, चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँ मूल्य बराबरका गाडी तथा पार्टपुर्जा भित्रिएका छन्, जुन गत वर्षको समान अवधिको १७ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी हो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update