लालबाबु सिंह २० चैत्र बिरगंज । दृष्टि सम्बन्धि अपांगताहरुको लागि मधेश प्रदेश नेत्रहीन क्रीकेट संघद्वारा राउन्ड टेबल नेपाल BFRT 8 को सहयोगमा शनिबार बिरगंज ५ मुनलाइट स्कुलमा ५ दिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ।
पर्वत ,तनहु,चितवन ,गोरखा,पर्सा लगायत मधेस प्रदेशका ८ गरि देशका १२ जिल्लाका दृष्टि सम्बन्धि अपांगता भएका २० खेलाडिहरु सम्मीलित कार्यक्रमको अध्यक्ष eyes Nepal पर्साका कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षता एवं राउन्ड टेबल नेपाल BRFT 8 का अध्यक्ष दिपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथीले बैनर पढेर समुदघाटन गरेका हुन ।
सो अवसरमा प्रमुख अतिथी अग्रवाल ले राउन्ड टेबल नेपालले दिनदुखी असहायको सधै सहयोगरत रहि सेवा गर्दै आएको र यहि महिनामा माइस्थान मन्दिर संचालक समिती संग हातेमालो गरि रक्तदान कार्यक्रमको आयोजना सफलतापुर्बक सम्पन्न गरेको बताउदै देशका दृष्टि सम्बन्धि अपांगताहरुको प्रतिभा निखारेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्ज्वल बनाउने कार्यमा थोरै भए पनि सहयोग गर्न पाउँदा आफुहरु निकै खुशी एवं गौरवान्वित भएको भन्दै तपाइहरुले मेहनत गरे सफलता अवश्य पाउनेमा आफू विश्वसत रहेको बताउदै सम्पुर्ण खेलाडिहरुलाइ शुभकामना दिएका थिए ।
सो हि अवसरमा विशिष्ट अतिथी कंचनजंघा स्कुलका डाइरेक्टर शिक्षाविद मार्टिन मोक्तानले तपाइहरुलाई हामिले सिखाएको हैन कि तपाईहरु बाट हामिले धेरै कुरा सिकिरहेका छौ ,तपाइको मेहनत धेर्यता एवं समस्याहरु संग लडने जज्वा बाट हामिसबैले सिख्ने आवश्यकता माथी जोड दिदै यस्ता खेलाडीहरुलाई स्थानिय ,प्रदेश र संघीय सरकारले सम्पुर्ण रुपमा जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।
सो हि अवसरमा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले तपाईहरु आफैमा एक बिशिस्ट ब्याक्तित्व हुनुहुन्छ अर्थात स्पेसल हुनुहुन्छ ,साक्षात देवताका रुप हुनुहुन्छ किनभने दृष्टि सम्बन्धि कमि कमजोरी समस्यालाइ तपाईहरुले आआफ्नो भित्री मनोबल ,शक्ति सामर्थ्यले पराजित गरि आफ्नो देश समाज परिवारको नाम विश्वमा फैलाउन क्रीकेट खेल लाई चुनेर यहाँ आउनुभएको छ र तपाईहरुको यो सुनौलो प्रयासमा सहयोग गर्ने आयोजक एवं सहयोगी सम्पुर्णलाई आभार व्यक्त गर्दै प्रशिक्षण कार्यक्रममा सहभागी खेलाडिहरुको उज्ज्वल भविस्यको शुभकामना दिएका थिए ।
त्यसैगरी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफ ले खेलाडीहरुको प्रसंशा गर्दै देशका पिछडिएका सम्पुर्ण खेलाडी एवं जनताहरुको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताउदै आयोजक एवं सहयोगी हातहरुलाइ धन्यवाद दिएका थिए ।
सो हि अवसरमा राउन्ड टेबलका मोहित राजपालले राउन्ड टेबलले विभिन्न समयमा विभिन्न कार्यक्रम मार्फत दिनदुखी असहायको सेवा सहयोग गर्दै आएको बताउदै हामिले दृष्टि सम्बन्धि अपांगता भएका खेलाडीहरुको सहयोगको आग्रह सुन्ने बितिक्कै तुरुन्तै सक्दो सहयोग गर्न पाएकोमा आफुहरुलाई निकै गर्व लागेको बताउदै आगामी दिनहरुमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथीहरुलाइ खादा लगाएर स्वागत गरेका सो कार्यक्रममा स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साहले गरेका थिए भने सहजीकरण मधेश प्रदेश नेत्रहीन क्रीकेट संघका अध्यक्ष एवं आइज नेपाल अध्यक्ष महेश साहले गरेका थिए ।
सो अवसरमा कार्यक्रमका अध्यक्ष जैसवालले हाम्रो समाजमा विभिन्न कारणले पिछडिएका खेलाडिहरु लाई उनिहरुको आकांक्षा , मनोभाव आवश्यकतालाई बुझेर हामिले सहयोग गरि हौसला बढाउन सबैमा आग्रह गर्दै ,मुख्य सहयोगी राउन्ड टेबल नेपाल बिरगंज 8 परिवार र बिरगंज १० वडासमिती कार्यालय परिवारको साथै खेलाडीहरुको अभ्यास लागि बिहान बेलुकी प्रशिक्षणको लागि खेलमैदान उपलब्ध गराउने मुनलाइट स्कुल परिवार लगायत अतिथीहरु र सम्पुर्ण सहयोगी हातहरु प्रती हार्दिक आभार ब्यक्त गरेका थिए ।


