Birgunj News24
चौधरीको नेतृत्वमा स्वास्थ्य सेवा: १२९ जनाको आँखा जाँच, २९ मा मोतियाविन्द।

पर्सा, २० ।
यूवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा जगरनाथपुर गाउँपालिका वडा नं. ६ आवराहास्थित धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविर रोटरी क्लब हेढौडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेढौडाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनी सहभागी थिए। विशिष्ट अतिथिहरूमा सेनालाल पटेल, समाजसेवी सुशील चौरसिया, रोटरी क्लब हेढौडाका अध्यक्ष प्रमेश प्रधान, कोषाध्यक्ष विकास श्रेष्ठ, नेत्र अधिकृत पूर्णिमा गुरुङ, वरिष्ठ नेत्र सहायक चन्द्रकान्ता चौधरी, आइ हेल्थ वर्कर जनक अवस्थी, शर्मिला बज्रगाईं लगायतको उपस्थिति रहेको थियो।
शिविरमा कुल १२९ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये २९ जनामा मोतियाविन्दको समस्या देखिएको र ३६ जनालाई निःशुल्क औषधि (ड्रप) वितरण गरिएको जनाइएको छ।
मोतियाविन्द भएका बिरामीहरूलाई शुक्रबार (२० गते) हेढौडा लगिने, शनिबार (२१ गते) शल्यक्रिया गरिने र आइतबार (२२ गते) पुनः गाउँमै ल्याइने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा चौधरीले रोटरी क्लब परिवारप्रति आभार व्यक्त गरेका छन्। स्थानीयवासीहरूले यस्ता शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाएको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update