चैत्र १८, वीरगंज । आनन्द पटेल
प्रधानमन्त्री कप (PM Cup) २०२६ अन्तर्गत खेलिएको रोमाञ्चक खेलमा नेपाल APF क्लब र लुम्बिनी प्रदेशबीचको भिडन्त बराबरीमा सकिएपछि सुपर ओभरमार्फत लुम्बिनी प्रदेश ८ रनले विजयी भएको छ।
म्याच नं. २३ अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको नेपाल APF क्लबले ३०.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो। APF का लागि अभिषेक गौतमले २८ रन तथा दीपक बोहराले २० रन जोडे।
लुम्बिनीका बलरहरू उत्कृष्ट देखिँदा अजय चौहानले ९ ओभरमा १४ रन खर्चिंदै ४ विकेट लिए भने सन्तोष यादवले ३ विकेट हात पारे।
१२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले पनि संघर्षपूर्ण खेल प्रस्तुत गर्दै ३४ ओभरमा सबै विकेट गुमाएर १२४ रनमै समेटियो। लुम्बिनीका लागि देव खनालले ४५ रन तथा आकाश त्रिपाठीले ३२ रन बनाए।
नेपाल APF का बलर रोहित कुमार पौडेलले ३ विकेट लिए भने भुवन कार्कीले २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
दुवै टोली समान १२४ रनमा अलआउट भएपछि खेल बराबरीमा सकिएको थियो। त्यसपछि भएको सुपर ओभरमा लुम्बिनी प्रदेशले १ विकेटको क्षतिमा १४ रन बनायो। जवाफी ब्याटिङमा APF (नेपाल आर्मी नभई APF)ले १ विकेट गुमाएर ६ रन मात्र बनाउन सकेपछि लुम्बिनी ८ रनले विजयी भयो।
खेलको ‘म्यान अफ दि म्याच’ लुम्बिनीका सन्तोष यादव घोषित भए।


