Birgunj News24
सशस्त्र प्रहरी बल,नेपाल पर्सा द्वारा संचालन गरिएको "विपद् स्वयंसेवक परिचालन विस्तारित " तालिम समापन ।

 चैत्र १६ , बिरगंज बीरगंज महानगरपालिका -१४  स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्सामा मिति २०८२।११।२५ गते वाट मिति २०८२।१२।१६ गते सम्म संचालन भएको “विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम ” को अन्तिम प्रवचन कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ज्यूको प्रमुख आतिथ्यतामा समापन भएको उक्त कार्यक्रममा  यस गणका गणपति सप्रउ मोहन बहादुर क्षेत्रि, राष्ट्रिय अनुसन्धमन जिल्ला कार्यालय पर्साका उप.अनु.निर्देशक संतोष ढुङ्गेल, श्री जंग गण बाट गणपति प्र.से.लोकेन्द्र कार्की , जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.ना.उ. राजु कार्की ,जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१४ का वडा अध्यक्ष महबुब एलाही अंसारी, संचारकर्मी, स्पर्श मल्टीस्पेशलिटी हस्पिटल प्रा.लि.का चेयरमेन डा.महेश्वर प्रसाद कुर्मी लगायतउक्त हस्पिटलका स्वास्थ्यकर्मीहरु, स्थानि भद्रभलाद्मि, सशस्त्र प्रहरी बल, नेपालका दक्ष प्रशिक्षक र तालिममा सहभागि हुने प्रशिक्षार्थीहरु लगायत यस गणमा कार्यरत सि.अ.,जु.अ. तथा विल्लादार जवानहरु सहित जम्मा ८०/९० जनाको उपस्थिति रहेको थियो र सो तालिममा दिक्षीत भएका २९ जना विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम का विपद् स्वयंसेवकहरु लाई प्रमुख जिल्ला अधिकारी ज्यु बाट  प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो। सो कुरा यश बिरगंज न्युज २४ डटकम अन्लाईन लाइ सुचनाअधिकारी
स.प्र.ना.उ.मोहनराज निरौला ले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update