Birgunj News24
वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक ।

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको ट्रफी प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्तले आईतबार वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिर अगाडि सार्वजनिक गरेका हुन् । 
सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बिच सांसद पन्तद्वारा सार्वजनिक गराईएको हो । स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिताले वीरगञ्जको खेलकुद क्षेत्रमा थप उत्साह थप्ने  सम्योजक सुमित कादमियाले  बताए ।  बिरगंज प्रीमियर लिगमा सहभागी हुने टिमका कप्तानहरुको उपस्तिथिमा आयोजना गरिएको उक्त कार्यक्रममा  सुमित चौरसिया , निरज गुप्ता लगायतका  युबाहरुको उल्लेख्य उपस्थिति थियो ।   ट्रफी सार्वजनिक कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update