Birgunj News24
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ।

काठमाडौं । केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ। उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएको जनाइएको छ।
जेन–जी विद्रोहसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली दोषी रहेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरी सक्रिय भएको बताइएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै शनिबार बिहानै ओलीलाई पक्राउ गरिएको जनाइएको हो।
उक्त घटनामा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update