Birgunj News24
प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकृत र सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपश्चात् संसद् बैठक आह्वानको तयारीका लागि ७८ वर्षीय केसीले आज शपथ लिएका हुन्। संघीय संसद् सचिवालयका अनुसार भोलि केसीले बाँकी २७४ जना नवनिर्वाचित सांसदलाई शपथ गराउनेछन्। नयाँ सभामुख निर्वाचित नभएसम्म उनी संसद् बैठकको अध्यक्षता गर्ने छन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update