Birgunj News24
सरकारको नयाँ व्यवस्था : नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि एकीकृत फारम।

काठमाडौं,८ चैतःसरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्न गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए ।

‘गृह मन्त्रालयमा सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा सुरु गरेका छौं,’ उनले भने ।यस प्रकारको केन्द्रिकृत सेवा देशैभरी विस्तार गरिने जानकारी पनि उनले दिए ।साभारः अनलाइनखबर

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update