Birgunj News24
सामुदायिक प्रहरी कुम्हालटोल द्वारा नवनिर्वाचित सान्सद पन्तको सम्मान ।

१ चैत्र बिरगंज । सामुदायिक प्रहरी कुम्हालटोलले पर्सा क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तको सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक प्रहरी को साथै विभिन्न संघ संस्था द्वारा सान्सद पन्तलाई अबिर टीका ,खादा माला लगाउनुको साथै मायाको चिनो दिएर बधाई शुभकामना एवं विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रदान गरेका थिए ।
 सो अवसरमा प्रमुख अतिथी सान्सद पन्तले हाम्रो देशमा प्रहरी प्रतिको डरलाई  निर्मुल पार्न प्रहरी र सम्माज मिलेर समाजको सेवा होस भनी सरकारले सामुदायिक प्रहरिको अवधारणा ल्याएको हो र सामुदायिक प्रहरिले प्रहरी र हाम्रो समाजको सेवामा अग्रपंक्तिमा रहेर सेवा बिश्वास गरिरहेको बताउदै म नेता नभएर तपाइहरुकै भाइभतिजा सेवक हो र साच्चै भन्नू पर्दा यो चुनावमा कुनै नेता होइन कि जनताले नै जनातालाइ जिताएको छ जस्ले देश नै जितेको सुनौलो अवसर आएको छ , तपाइहरुले मलाई जिताएर र बोलाइ बोलाइ बधाई शुभकामना दिनु भएको छ त्यो ममाथी अझ धेरै जिम्मेवारी थपिएको छ र आफुले सकेसम्म देश बिरगंज तपाइहरु को सेवा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
 सो हि अवसरमा सल्लाहकार मार्टिन   मोक्तानले नवनिर्वाचित सान्सद पन्त लाई बधाई दिदै उहाको जितमा महात्मा गान्धीको अमर वाणी " सादा जीवन उच्छ विचार " को झल्को आएको छ किनभने पर्सामा रास्वपा पार्टिलाइ यहाँ सम्म पुर्याउन उहाको सरल एवं मिलनसार साथै हार नमार्ने हक्की स्वभावले गर्दा असाध्यै मेहनतले सबैको हातेमालोमा पर्साको ४ वटै सान्सद पदमा जनताको मन जितेर जिताउन सफल हुनुभएको हो भन्दै बधाई शुभकामना ब्यक्त गरेका थिए ।
 सो अवसरमा सामुदायिक प्रहरि कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले नवनिर्वाचित सान्सद पन्तलाई बधाई तथा शुभकामना दिदै छोटो समयको आग्रहमा सान्सद जि ले समय दिएर हाम्रो सुझाव समेत ग्रहण गर्नु भएकोमा उहाँ र सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
  सो अवसरमा अब बन्ने प्रधानमन्त्री र शिक्षा मन्त्रीको नाममा सुझाव सहितको पत्रहरु सान्सद पन्तलाई हस्तान्तरण गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरिका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले र  सहजीकरण  सामुदायिक प्रहरिका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।
सो अवसरमा बिरगंज ५ का वडासदस्य मनोज साह,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,अभिभावक संघका अध्यक्ष सन्दिप साह,लोकल नेपाल प्रा लि का संचालक मोडल युवराज केसरी ,प्रोढ संघ पर्साका अध्यक्ष ननदलाल अहिर लगायत विभिन्न संघसंस्था एवं सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update