Birgunj News24
नेशनल मेडिकल कलेजद्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण कार्यक्रम सम्पन्न

वीरगञ्ज – १ चैत्र २०८२ 

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम आज नेशनल मेडिकल कलेजको कन्फरेन्स हलमा आयोजना गरिएको थियो।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको थियो। उक्त कपडा प्रबन्ध निर्देशक  शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर  अबिद हुसैन अन्सारीको हातबाट वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीम खाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीम खाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीम खाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा का विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका थिए।

उक्त कार्यक्रममा वरिष्ठ प्रशासक  विश्वनाथ कान्त र मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत  पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रममार्फत विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update