फाल्गुन, २९ बिरगंज । विश्व सिख दिवसको अवसरमा श्री गुरुनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल एवं प्रकृति सेवा प्रतिष्ठान नेपालले सन्युक्त आयोजनामा बिरगंज ४ मा स्थित गणेशमान सिंहको शालिक एवं परिसर आसपास व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा आयोजक प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले सातौ सिख गुरु साहेब श्री गुरु हरिराय जी को संझना तथा उद्देश्य अनुसार वातावरण, वोट विरुवा , जीव प्राणी तथा पशु-पंक्षी सित माया प्रेम तथा संरक्षण र प्रवर्धन हेतु सधा झैँ भोली १४ मार्च मिति ३० गते फाल्गुन शनीबार विश्व सिख वातावरण दिवसको अवसरको पूर्व संध्यामा आज गणेशमान चोकमा स्थित शालिक एवं परिसर आसपास वृहत सरसफाई, साथै त्यहाँ रहेका वोट, विरुवालाई काट छाँट गरी व्यवस्थित गर्ने काम सम्पन्न गरियो। भोलि विश्व सिख वातावरण दिवसको उपलक्ष्यमा देश कै पुरातन ऐतिहासिक श्री त्रिजुध्द माध्यमिक विद्यालय प्राङ्गणमा वृहत वृक्षारोपण पनि गरिने कार्यक्रम रहेको बताउदै वातावरण स्वस्थ्य रहे हामी स्वस्थ्य एवं सुरक्षित रहने भएकोले हामी सम्पुर्णले आआफ्नो वरिपरि आसपासमा रहेको रुख बोटविरुवा ,नदि नाला, पोखरा ,सार्वजनिक स्थलहरु लाई सफा स्वच्छ राखेर सम्मान प्रकट गर्न संरक्षण गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा वडा ६ का वडासदस्य पवन शर्मा,युवा समाजसेवी हुकुम सिंह राजपुत,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , समाजसेवी रुपनारायण साह,युवा अभियन्ता बिक्की खडगी , स्थानिय नन्दकिशोर साह,रियान्स सिंह ,अभिमान सिंह लगायतको सहभागिता रहेको थियो ।



