Birgunj News24
नेपाल निर्वाचनमा सफलताप्रति भुटान प्रधानमन्त्रीको बधाई।

काठमाडौँ – भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको नेपाली जनतालाई पनि धन्यवाद दिएका छन्। मंगलबार सामाजिक सञ्जाल एक्स मार्फत् बधाई दिँदै उनले नेपाल-भारतबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान सहकार्यको अपेक्षा गरेको बताएका छन्।

प्रधानमन्त्री तोब्गेले भने,
“नेपालको आमनिर्वाचनमा अत्यधिक मतान्तरसहित विजय हासिल गरेकोमा बालेन्द्र शाह र रवि लामिछानेलाई हार्दिक बधाई। सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपालका जनतालाई पनि म बधाई दिन चाहन्छु। हाम्रा दुई देशबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजानका लागि म आगामी सहकार्यको अपेक्षा गरेको छु।”

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update